
माङसेबुङ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र (बालेन) शाह ६८ हजार ३४८ मतसहित निर्वाचित भएका छन् ।
बालेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६१४ को विशाल मतान्तरले राजित गरेका हुन् । ओलीले १८ हजार ७३४ मत मात्र प्राप्त गरेका छन् ।
यसैगरी श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो स्थानमा रहे भने नेपाली कांग्रेसकी मंधरा चिमरिया चौथो स्थानमा रहिन् । समिरले ९ हजार २३३ मत प्राप्त गर्दा मंधराले १ हजार ८२१ मत गरिन् ।
झापा–५ बाट ओली पटक–पटक निर्वाचित हुँदै आएका थिए भने बालेन पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् । बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचन प्रचारप्रसार गरेको थियो ।
यसअघि काठमाडौँ महानगरपालिकाको मेयर रहेका बालेन प्रतिनिधि सभा निर्वाचन घोषणा भएपछि राजीनामा दिएर संसदीय यात्राको तयारीमा जुटेका थिए ।








