
- आन्छुमे नसान
माङसेबुङ । गायक साजन बान्तावा राई र गायिका इन्द्रकला राईको सुमधुर आवाजमा पुर्वेली लोक भाकामा सजिएको बिल्कुलै नयाँ गित ‘ए माया सुस्तरी’ सार्वजनिक गरिएको छ ।
अञ्जान किरातीको शव्द तथा साजन बान्तावा राई कै संगीतमा सजिएको पुर्वेली गित ‘ए माया सुस्तरी’ को म्युजिक भिडियो मेला डिजिटल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
बिजय मगरको निर्देशन तथा कविर श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा राजु राई र सृजना नाछिरिङले अभिनय गरेका छन् ।

दामी क्रिएशनको पोष्ट प्रडक्शन रहेको भिडियोमा आकृति खड्काको मेकअप र अर्जुन खड्काको छायांकन, सम्पादन तथा कलर रहेको छ ।
सुमन राईको संगीत संयोजनमा मेला रकर्डिङस्मा रेकर्डिङ गरिएको गितको रेकर्ड, मिक्सिङ तथा मास्टरिङ सुवास कुथुमी राईले गरेका हुन् ।
मौलिक पहिरन, संस्कार र संस्कृति झल्किने गरि निर्माण गरिएको भिडियो निक्कै नै उत्कृष्ट बनेको छ ।
भिडियो हेर्नुहोस…








