
- आन्छुमे नसान
माङसेबुङ । गायिका निरन्ता नेम्बाङको सुमधुर आवाजमा बिल्कुलै नयाँ लिम्बू गित ‘चुम्से’ सार्वजनिक गरिएको छ ।
दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफीमा गायिका नेम्बाङकै शव्द तथा संगीत रहेको गित ‘चुम्से’ को म्युजिक भिडियो निरन्ता नेम्बाङ युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
साइना तामाङको सहायक कोरियोग्राफी रहेको भिडियोमा लक्ष्मी योङहाङ र पुर्ण साँवा लिम्बूको अभिनय रहेको छ ।

माङमु फिल्म्सको पोष्ट प्रडक्शनमा दिनेश पराजुलीको छायांकन, रमेश पराजुलीको सहायक छायांकन, पुनम चौधरीको मेकअप रहेको भिडियोमा अनिल रानाको सम्पादन रहेको छ ।
योगेन मुकारुङको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गितलाई सेवा रेकर्डिङ स्टुडियोमा पारस राईले रेकर्ड गरेका हुन् ।
याक्थुङको धर्म संस्कृति, भाषा लिपी जोगाउनु पर्छ, भेषभूषा सबैले पहिरिनु पर्छ, चार्ड पर्वहरुमा भेला हुनुपर्छ, माङलाङ र केलाङ, पालाम र ख्याली नाच्नुपर्छ, याक्थुङको गित संगीत वचाउनुपर्छ भन्ने सन्देश बोकेको गित र भिडियो निक्कैनै उत्कृष्ट बनेको छ ।
भिडियो हेर्नुहोस…








