याक्थुङ कुरुम्बाङ सङजुम्भोको पाँचौँ महाधिवेशनबाट अध्यक्षमा बसन्तकुमार चयन - Mangsebung News
  • मङ्गलबार, बैशाख २९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ कुरुम्बाङ सङजुम्भोको पाँचौँ महाधिवेशनबाट अध्यक्षमा बसन्तकुमार चयन

धरान । याक्थुङ कुरुम्बाङ सङजुम्भोको पाँचौँ महाधिवेशनबाट अध्यक्षमा बसन्तकुमार कुरुम्बाङ चयन भएका छन् ।

सुनसरीको धरान–५ आँपठारस्थित ‘याक्थुङ कुरुम्बाङ हिम’ को उद्घाटनसँगै सोहि भवनमा याक्थुङ कुरुम्बाङ सङ्जुम्भोका केन्द्रीय अध्यक्ष तेजेन्द्र कुरुम्बाङको अध्यक्षतामा शनिबार सम्पन्न सङजुम्भोको पाँचौँ महाधिवेशनले बसन्तकुमारको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सङजुम्भोको वरिष्ठ उपाध्यक्षमा योगेन्द्र कुरुम्बाङ, उपाध्यक्षहरूमा हिमाल कुरुम्बाङ, उदय कुरुम्बाङ र मिन प्रसाद कुरुम्बाङ चयन भएका छन् ।

यसैगरी महासचिवमा विरेन्द्र कुरुम्बाङ, सचिवमा मणिशङ्कर कुरुम्बाङ र नन्दकुमार कुरुम्बाङ कोषाध्यक्षमा हर्कजङ कुरुम्बाङ र सह कोषाधयक्षमा रमेश कुरुम्बाङ चयन भएका छन् ।

सम्बन्धित खवर