दिलिपको आवाजमा ‘कोपिलामै झर्ने फुल’ रिमेकभर्जन सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, जेठ ०६, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिलिपको आवाजमा ‘कोपिलामै झर्ने फुल’ रिमेकभर्जन सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक दिलिप माखिमको सुमधुर आवाजमा ह्दयस्पर्शी गित ‘कोपिलामै झर्ने फुल’ रिमेकभर्जन सार्वजनिक गरिएको छ ।

सोम आङदेम्बे लिम्बूको शव्द तथा मणिपाल राईको संगीतमा सजिएको गित ‘कोपिलामै झर्ने फुल’ रिमेकभर्जनको म्युजिक भिडियो एनि टाइम नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

विवेक हिङमाङको निर्देशनमा सोम आङदेम्बे लिम्बूको परिकल्पना, सुमन मगरातीको मेकअप, सन्देश मोतेको छायांकन, सन्दीप मोतेको सम्पादन रहेको भिडियोमा रमेश भण्डारी, सेमी लावती लिम्बू, सञ्जय, निशान ढकाल र सुमिरा आङदेम्बेले अभिनय गरेका छन् ।

सविन लिम्बूको संगीत संयोजन रहेको गितको भिडियोमा त्रिकोनात्मक प्रेम कथा प्रस्तुत गरिएको छ । भिडियो निक्कैनै उत्कृष्ट बनेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर