यासोक बजारमा कुकुरको आतङ्क, कुकुरको टोकाइबाट ९ जना घाइते - Mangsebung News
  • बुधबार, जेठ ०६, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यासोक बजारमा कुकुरको आतङ्क, कुकुरको टोकाइबाट ९ जना घाइते

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा रेबिज लागेको कुकुरले बिहिबार ९ जना मानिसलाई टोकेर घाइते भएका छन ।

फाल्गुनन्द गाउँपालिकाको पञ्चमी बजार देखि मेहेलबोटे हुदै कुकुरले आएर कुम्मायक गाउँपालिका १ स्थित साबिक वडा नम्बर ६ यासोक र कुम्मायक ४ रानिगाउँका गरि जम्मा ९ जना मानिसलाई कुकुरले टोकेको वडा नम्बर १ का वडा अध्यक्ष देवेन्द्र कुमार लावतिले बताए ।

बिहान मोर्निङ वाकमा हिडिरहेका र घाँस काटिरहेका मानिस र ३ वटा बाख्रालाई समेत टोक्दै कुदिरहेको सोहि कुकुरलाई बजारबासीले तत्काल नियन्त्रण गरेका थिए । कुकुरको टोकाइ बाट शक्त घाइते भएका केहि घाइते बिरामीलाई उपचारको लागि बिराटनगर अस्पतालमा पठाइएको थियो भने केहिले नजिकको पशु पन्छी सेवा शाखा कुम्मायकबाट तत्काल उपचार पाएको पशुपन्छी सेवा शाखा कुम्मायकका प्राविधिक कोविद सुब्बाले बताए ।

उनका अनुसार घटना घट्ने बितिक्कै सामुदायिक २९ ओटा कुकुर र ४ वटा घाइते बाख्रालाई रेविज बिरुद्वको भ्याक्सिन लगाइएको बताए । यसैगरि केहि दिनमै कुम्मायक गाउँपालिकाका ५ वटै वडाको टोल टोलमा रहेका घर पालुवा कुकुरलाई पनि रेविज बिरुद्वको सुइ लगाइने उनले बताए ।

सम्बन्धित खवर