
- पदम सुखी सम्बाहाम्फे
पाँचथर । पाँचथर जिल्लाको दक्षिणी भेगमा रहेकोे कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा आगामी बैशाख २३, २४ र २५ गते त्रिशाली पुजा एवं मेला (तङ्सुम तङ्नाम) लाग्ने भएको छ । पुजा एवं मेला मुल समारोह समितिका अनुसार २०८३ बैशाख २३ गते कुम्मायक र कुस्सायक देवस्थलमा पुजा गरिने र २४ गते मेला लाग्ने बताइएको छ ।
त्यसैगरी मिनिमेला तथा विविध कार्यक्रम बिच हुने सो त्रिशाली पुजा एवं मेला (तङ्सुम तङ्नाम) को कार्यक्रम बैशाख २५ गते समापन हुने समितिले जनाएको छ । त्रिशाली पुजा एवं मेला (तङ्सुम तङ्नाम) मुल समारोह समिति तथा सर्बपक्षिय सामाजिक अभियान्ताबीच बुधबार बसेको बैठकले पुजा तथा मेला अगावै खानेपानी व्यवस्थापन तथा बजार सरसफाइमा बिशेश ध्यान दिइने जनाएको छ । बैठकले २०८३ बैशाख १० गतेदेखि मुल पुजा सम्पन्न नभएसम्म भक्तजनलाइ देवस्थल भित्र सामुहिक पुजाहरु रोक लगाउने निर्णय गरेको छ । उक्त समयमा मन्दिर भित्र बाहिर रङरोगन, सरसफाइ र पुजा व्यवस्थापन सम्बन्धि कामहरू हुने र पुरानो चलन पनि यहि भएको बताइएको छ ।

इशाको छैटौं र नवौं शताब्दीमा राजा उवाहाङ यु?माका भक्त थिए उनले उत्तरमा तिब्बत र दक्षिणमा भारतको सिमानासम्म आफ्नो राज्य बिस्तार गर्ने काम तिन बर्ष लागेको थियो । उक्त खुशियालिमा आफ्ना भाइभारदार र रैतीहरुलाई भेला गराइ भोजनपान गराएको उत्सवलाई नै पर्वको रूपमा बिकास हुदै आएको बताइन्छ । उनै उवाहाङ्का छोरा मावोहाङ्ले पनि यश क्षेत्रमा आफ्ना भाइभारादारहरु सहित शिकार खेल्दै जाने क्रममा यु?माले (मृग) आफ्नो साडीले छोपेर लुकाएको र उनका शिकारी दुई कुकुरहरुलाइ समेत अलप गराइ तान बुनिरहेकि सुन्दरी युवती रुपधारण गरेको भेषमा उनै यु?माको दर्शन पाएको कथन छ त्यसपछि उन्नाइसौं शताब्दीमा रैनमुखी सम्बाहाम्फेको आङमा पनि उनै यु?मा (बुढी बोजु) इस्वरिय शक्ति प्रकट हुनाले उनको पालामा पनि कुम्मायक र कुस्सायक देवस्थलमा प्रत्येक तीन तीन बर्षमा सामुहिक भेला भइ पुजा तथा उत्सव र पर्वको रूपमा मानिने चलनलाई नै त्रिशाली अर्थात तङ्सुम तङ्नाम भएको बताइन्छ । कालान्तरमा यो तङ्सुम तङ्नामको पहिलो पुजारी पनि रैन्मुखी सम्बाहाम्फे भएको अभिलेख पाइन्छ । पुजा तथा मेलामा छिमेकी विभिन्न जिल्ला र स्थानीय अनि सिक्किम दार्जिलिङ भुटान बर्मा लगायतका विस्वमा रहेका सम्पुर्ण भक्तजनको उपस्थिति रहने यश अवसरमा मानव जगतको मनोकामना पूरा हुने जनविश्वास छ ।
उक्त पुजा तथा मेलामा नौमती बाजा धाननाच केःलाङ भलिबल फुटबल ब्याडमिन्टन बुद्धिचाल तथा विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना रहेको त्रिशाली पुजा एवं मेला (तङ्सुम तङनाम) मुल समारोह समितिका अध्यक्ष देवेन्द्र कुमार लावतिले बताएका छन ।







