लिम्बू भाषा लिपि र संस्कृतिको सचेतनात्मक कार्यक्रम सम्पन्न - Mangsebung News
  • बुधबार, जेठ ०६, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बू भाषा लिपि र संस्कृतिको सचेतनात्मक कार्यक्रम सम्पन्न

  • पदम सुखी सम्बाहाम्फे

पाँचथर । कुम्मायक गाउँपालिकाको वडा नम्बर ५ मा लिम्बु भाषा लिपि र संस्कृति बारे ७ दिने सचेतनात्मक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कुम्मायक गाउँपालिकाको आर्थिक सहयोगमा चैत १५ देखि २१ गतेसम्म संचालित उक्त कार्यक्रममा लोप हुन लागेको लिम्बु भाषा लिपि तथा संस्कृति जोगाउने अभियानमा प्रशिक्षण गराइएको बताइएको छ । उक्त सातदिने कार्यक्रममा भाषा लिपि र केःलाङ (ढोल नाच) सम्बन्धि ४५ जना सहभागी रहेका थिए ।

थाकथाकु माबोहाङ चेम्जोङ बङ्श उत्थान संघ शाखा स्याबरुम्बा द्वारा आयोजित सो कार्यक्रम भाषा लिपि सम्बन्धि प्रशिक्षक द्वय हरिचन्द्र लावती र केःलाङ तर्फ याम नेम्बाङले कार्यक्रमको सहजीकरण गरेका थिए । गाउँपालिका बाट लक्षित बर्गलाइ छुट्याइएको बिनियोजित रकम मध्ये एकलाख चालीस हजार रुपैयाँ द्वारा यो सचेतनात्मक कार्यक्रम सन्चालन भएको थाकथाकु माबोहाङ बङ्श उत्थान संघ स्याबरुम्बाका सचीव डिल्ली चेम्जोङले बताए ।

सजिलोसङ्ग लिम्बू भाषा लिपि पठनपाठन र लेखन तथा केःलाङमा (च्याब्रुङ नाच) विभिन्न कला प्रदर्शनीको लागि यो सचेतनात्मक कार्यक्रमले सहजता थप्ने कुम्मायक गाउपालिकाका अध्यक्ष बमप्रसाद लावतिले बताए ।

लिम्बू जातीको मौलिक भाषा लिपि र ऐतिहासिक इतिहास सङ्ग जोडिएको कार्यक्रम मात्र नभएर अन्य समुदायको लागि पनि यस्ता कार्यक्रमको आवश्यकता रहेकोे लावतिले भने । ग्रामीण भेकका विभिन्न समुदायका भाषा लिपि तथा सस्कृतीलाई जगेर्ना गर्नको बिकल्प नरहेको वडा अध्यक्ष निर्मलराज घिमिरे र वडा सदस्य इन्द्रबहादुर चेम्जोङ्को पनि भनाइ थियो ।

हरेक समुदायको भाषा लिपि सस्कृती मौलिक पहिचान भएकोले यस्को संरक्षण सम्बद्र्धनमा स्थानीय सरकार बाट निरन्तर सहयोग पाउने आशा रहेको केःलाङ समुहका संयोजक तेजेन्द्र चेम्जोङले बताए भने यो सातदिने केःलाङ प्रशिक्षणले आफ्नो सस्कृती झल्काउन थप टेवा पुगेको सहभागी टिमका लक्षमण चेम्जोङ र दीपेन्द्र चेम्जोङले भने ।

लिम्बू भाषा र लिपि लेख्न बोल्न सहज भएको अर्का सहभागी ठगेन्द्र चेम्जोङ र आकृती चेम्जोङ्को भनाइ थियो । किरात याक्थुङ चुम्लुङ्को भवन तलाउमा भएको यो सातदिने कार्यक्रम सामाजिक अभियान्ता एवं मुन्धुम विद पुर्णध्वज चेम्जोङ्को अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर