
- आन्छुमे नसान
माङसेबुङ । पछिल्लो समय एक पछि अर्को मौलिक लोक भाकालाई टपक्क टिपेर टिपिकल गित संगीत पस्किदै आएका गायक तथा संगीतकार शाहिल लिम्बू र लोकप्रिय गायिका मेलिना राईको आवाजमा सजिएको रोमान्टिक प्रेमिल गित ‘राईनीलाई लाने सल्ला’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
गितकार विजय मगरको शव्दमा गायक तथा संगीतकार शाहिल लिम्बूकै शव्द तथा संगीत रहेको प्रेमिल गित ‘राईनीलाई लाने सल्ला’ जी मिडिया कनेक्सन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
शुभम चाम्लिङ राईको कथा निर्देशन तथा रोशन विश्वकर्माको कोरियोग्राफीमा लिम्बू संस्कार संस्कृति र राई संस्कार संस्कृतिलाई उजागर गर्दै पालाम र साकेला समेत समावेश गरि बहुसाँस्कृतिक कथा प्रस्तुत गरिएको भिडियोमा एलिशा राई, एरोन थापा मगर, सिता राई र पुर्ण लिम्बूले अभिनय गरका छन् ।

हाङबरे आङबुहाङ निर्माता र सुहाङमा आङबुहाङ कार्यकारी निर्माता रहेको भिडियोमा योगेस दहालको छायांकन, बिनोद पुरीको सहायक छायंकन, रविना लिम्बूको मेकअप र अनिल रानाको सम्पादन रहेको छ ।
देबेश राईको संगीत, संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् । गितमा नविन दहाल, राजु बाराकोटी, पारस राई, दीपा सुहाङ, अप्सु योगी र सम्झना योङहाङको समेत आवाज रहेको छ ।
संस्कृतिमुलक भिडियो निक्कैनै उत्कृष्ट बनेको छ ।
भिडियो हेर्नुहोस…








