
- आन्छुमे नसान
माङसेबुङ । गायक राजु आङदेम्बे र गायिका मनु नेम्बाङको सुमधुर आवाजमा सजिएको पालाम ‘फुङसेम्मा मुन्धुम’ सार्वजनिक गरिएको छ ।
शान्ता केरुङको शव्द तथा लय संकलन रहेको केसाम पालाम साम्लो ‘फुङसेम्मा मुन्धुम’ को भिडियो लिम्बू कल्चर क्रिएशन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
चन्द्र लिम्बूको निर्देशनमा शिर कुमार साम्पाङ र दिनेश राई (सुबिन) को छायांकन तथा महेश सिग्देलको श्रृंगार रहेको भिडियोमा हिमाल लिम्बु ‘मिराक’, शान्ता केरुङ, दुर्गा तुम्सा, मिक्सा हाङ्गाम, जीवन केदेम, मिना नेम्बाङ, अबि चेम्जोङ, प्रमिता फियाकले अभिनय गवरेका छन् । यसैगरी भिडियोमा कमल –३ केर्खा केलाङ समुहका कलाकारहरुको समेत अभिनय रहेको छ ।

श्याम लिम्बूको संगीत संयोजनमा एभरेस्ट रेकर्डिङ स्टुडियो लगनखेलमा रेकर्ड गरिएको पालामको मिक्सिङ तथा मास्टरिङ सनम महर्जनले गरेका छन् । पालाममा गायक ईमेहाङ सेत्लिङ र गायिका देशु सुहाङको समेत आवाज रहेको छ ।
भिडियोमा लिम्बू संस्कृति अनुसार मेक्खिमम(शुभविवाह) मा नाचिने केलाङ(च्याब्रुङ नाच), र यालाङ(धान नाच) प्रस्तुत गरिएको छ ।
पालाम हेर्नुहोस…







