
- पदम सुखी सम्बाहाम्फे
पाँचथर । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा गत बुधबार पुर्व पर्यटन मन्त्री सुदन किरातीको उपस्थितिमा नागरिक सङ्गको हातेमालो कार्यक्रम सम्पन्न भएको छ ।
बिचार र औजार अनि चेतना र पसिनाको क्रान्ति भन्ने नाराका साथ कुम्मायक गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा श्रम सस्कृती पार्टीका केन्द्रिय सचिब हस्तराज शेर्मा (ब्रबिन) को पनि उपस्थिति रहेको थियो । मुहान सफा भए धारामा सफा पानी झर्ने कुरा बताउदै पुर्व मन्त्री किरातीले श्रम सस्कृती पार्टीका अध्यक्ष हर्कराज साम्पाङ नेपाल र नेपालीको हित अनि स्वाधीनताका निम्ति श्रम क्रान्ति गरिरहेको उनले बताए । श्रम बिना मुलुक आत्मनिर्भर बन्न नसक्ने हुटहुटी लिएर म पनि श्रम सस्कृती पार्टीले अघि सारेको एजेन्डा बोकेर नागरिक सङ्गको हातेमालो अभियानमा हिडेको थप उनले भने ।

गत फागुन २१ गते भएको प्रतिनिधि सभाको चुनावमा आफुलाई अमुल्य मत दिएर प्रत्यक्षमा दोस्रो समानुपातिकमा बिजयी मत दिनुहुने श्रमदाताहरुलाई धन्यवाद प्रकट गर्दै हस्तराज शेर्मा (ब्रबिन) ले पनि श्रम बिना देश नबन्नेमा जोड दिए । हिजोका बेइमानी नेताले देश बिगारेर भ्रष्टाचारको खेती गरे परजीवी जुका भएर जनतालाई चुस्दै ढाट्नु सम्मन ढाटे र नेपाली जनतालाइ सधै गरिब बनाएको शेर्माको भनाइ थियो ।
उक्त हातेमालो कार्यक्रममा फाल्गुनन्द गाउँपालिका र कुम्मायक गाउँ पालिकाका ३ सय भन्दा बढी श्रमदाताले विभिन्न पार्टी परित्याग गरि श्रम संस्कृती पार्टीमा प्रवेश गरेका थिए । हाम्रो धर्ती हाम्रो आकाश हाम्रो परिवेश, श्रम गरौ सबै मिलि बनाऔ यो देश बोल्को गित गाउदै समाजसेवी उमा चाम्लिङ राई लावतिले पार्टीमा नवप्रवेशी श्रमदाता तथा केन्द्र प्रदेश र जिल्ला बाट कार्यक्रममा उपस्थिति जनाएका श्रम अभियान्ताकारिहरुलाइ स्वागत गरेका थिए ।

प्रदेश श्रमदाता उपाध्यक्ष लाक्पा तामाङ, केन्द्रिय सदस्य लक्षमी राई, पाँचथर श्रमदाता जिल्ला अध्यक्ष प्रबिण चाम्लिङ राइर्, उपाध्यक्ष लावाहाङ चेम्जोङ, यसैगरी खोटाङ जिल्ला सदस्य गणेश राई र अर्जुनहाङ राई लगायतले पार्टी प्रतिको बफादारिता श्रम संस्कृती पार्टीको मुल मर्म श्रम अभियानले देशको बिकास गरौ भन्ने उद्देश्य, जनताको घरदैलोमा इमानदारीताका साथ काम गर्नुपर्ने बाचा जस्ता प्रसङ्गमा आआफ्ना बिचारहरु कार्यक्रममा राखिएका थिए । कार्यक्रम समाजसेवी नेत्रबहादुर सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।








