
- आन्छुमे नसान
माङसेबुङ । गायिका सुनिता थेगिम र गायक सेमिहाङ सिंगकको सुमधुर अवाजमा सजिएको लिम्बू भाषाको प्रेमिल गित ‘मिम्जिरे फुङ’ सार्वजनिक गरिएको छ ।
जनम लिङदम ‘हाङसा’ को शव्द तथा सेमिहाङ सिंगकको संगीत रहेको प्रेमिल गित ‘मिम्जिरे फुङ’ को म्युजिक भिडियो दीप केरुङ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

दिनेश माङमुको निर्देशनमा अरुण न्योपानेको छायांकन, टंक केसीको सहायक छायांकन, सञ्जु थलङको श्रृंगार, अनिल रनाको सम्पादन रहेको भिडियो दीप केरुङ, सञ्जु थलङ र साइना तामाङले अभिनय गरेका छन् ।
राजु कार्कीको संगीत संयोजन रहेको गितलाई किङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो । माङमु फिल्म्सको पोष्ट प्रडक्शन रहेको भिडियोमा मध्यम परिवारको प्रेमिल पारिवारिक अवस्थाको चित्रण गरिएको छ ।
भिडियो हेर्नुहोस…







