एस. पी.को शव्द राजुको संगीतमा डेनीको ‘परदेशी छोरा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, असार ०१, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एस. पी.को शव्द राजुको संगीतमा डेनीको ‘परदेशी छोरा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायिका डेनी इम्सङको सुमधुर आवाजमा सजिएको मर्मस्पर्शी गित ‘परदेशी छोरा’ सार्वजनिक गरिएको छ ।

एस. पी. निङलेकुको शव्द तथा राजु आङदेम्बेको संगीत रहेको मर्मस्पर्शी गित ‘परदेशी छोरा’ को भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

जुम लेन्स प्रडक्शनको पोष्ट प्रडक्शनमा अनिता तुम्साको श्रृंगार र कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको भिडियोमा डेनी इम्सङले फिचरिङ गरेका छन् ।

पदम राजन मगरको संगीत संयोजनमा स्टुडियो म्युजिक मिडिया धरानमा विजय श्रेष्ठले रकर्डिङ गरेको गितको मिक्सिङ राजु कार्कीले गरेका छन् ।

राजु आङदेम्बेको निर्देशन रहेको भिडियोमा परदेशीएका छोराको यादमा रहेकी आमाको बिलौना प्रस्तुत गरिएको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर