
- आन्छुमे नसान
माङसेबुङ । लघु चलचित्र ‘मुलबाटो’ सार्वजनिक गरिएको छ ।
मानवता, करुणा, अहिंसा र सबै प्राणीजगतप्रतिको दयाभावको सन्देश बोकेको नेपाली लघु चलचित्र ‘मुलबाटो’ घाम छाँया प्रडक्शन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
कृष्ण गुरुङको लेखन तथा निर्माणमा बाबुराम निरौलाको निर्देशन रहेको लघु चलचित्र ‘मुलबाटो’ मा उपासना नेम्बाङ, रमेश चन्द, कृष्ण गुरुङ, मनिष डी. के., सुवास राई, मातृका प्याकुरेल र मन्दिरा सञ्जेलले अभिनय गरेका छन् ।

सुबास राईको सहायक निर्देशनमा बाल कलाकारमा सुप्रिम राई र आदित्य घिमिरेको अभिनय रहेको लघु चलचित्रमा विनोद लामाको छायांकन, निरु सुबाको मेकअप, बिक्रम कार्कीको पाश्र्व संगीत, नरोत्तम पाण्डेको सम्पादन र रंगसंयोजन, ध्वनिः सिर्जन राई ‘शिरीष’को ध्वनि तथा रंगसंयोजन रहेको छ ।
चलचित्रले हाम्रो समाज, परम्परा र नैतिक जिम्मेवारीबारे गम्भीर प्रश्न उठाउँदै समाजलाई दया र सर्वप्राणी सहअस्तित्वतर्फको वास्तविक ‘मूलबाटो’ देखाउने प्रयास गरेको छ ।
भेनस रेकर्डिङ स्टृुडियोमा डबिङ, मिक्सिङ तथा माष्टरिङ गरिएको चलचित्रको पब्लिसिटी डिजाइन इलुजन डिजाइन्स् गरेका छने भने, शर्षक गीत कृष्ण गुरुङले लेखेका हुन् । चलचित्रको निर्माण व्यवस्थापकमा मनिष डी. के. रहेका छन् ।
लघु चलचित्र हेर्नुहोस्…







