नेयमारले लिए राष्ट्रिय टोलीबाट संन्यास - Mangsebung News
  • सोमबार, असार २२, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेयमारले लिए राष्ट्रिय टोलीबाट संन्यास

माङसेबुङ । ब्राजिलका स्टार फरवार्ड नेयमारले राष्ट्रिय टोलीबाट संन्यास लिएको घोषणा गरेका छन् ।

अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियमम भएको फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलमा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि भावुक वनेका ३४ वर्षीय नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।

नेयमारले सन् २०१० अगस्ट १० मा अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलबाट ब्राजिलका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । त्यो खेल पनि अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममै भएको थियो । संयोगवश, राष्ट्रिय टोलीको अन्तिम खेल पनि सोही मैदानमा सम्पन्न भयो ।

नर्वेविरुद्धको खेलमा नेयमार दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । उनले इन्जुरी समयमा पेनाल्टीमार्फत एक गोल गरे पनि ब्राजिललाई हारबाट बचाउन भने सकेनन् ।

दायाँ खुट्टाको पिँडुलामा लामो समयदेखि रहेको चोटका कारण नेयमारले यस विश्वकपमा सीमित अवसर मात्रै पाए । उनले ब्राजिलका पाँचमध्ये दुई खेल खेले भने समूह चरणमा स्कटल्यान्डविरुद्ध १५ मिनेट मात्र मैदानमा उत्रिएका थिए ।

नेयमारको संन्याससँगै ब्राजिल फुटबलको एक सफल युगको औपचारिक अन्त्य भएको छ । अब पाँच पटकको विश्वविजेता टोली नयाँ पुस्ताको नेतृत्वमा आगामी चुनौतीका लागि अघि बढ्नेछ ।

 

सम्बन्धित खवर