लिम्बु कथानक चलचित्र ‘थिम’ युट्यूवमा सार्वजनिक(चलचित्र सहित) - Mangsebung News
  • सोमबार, असार २२, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बु कथानक चलचित्र ‘थिम’ युट्यूवमा सार्वजनिक(चलचित्र सहित)

  • आन्छुमे नसान

माङसेबुङ । निर्देशक यलम्बर खम्बुको निर्देशन रहेको लिम्बु कथानक चलचित्र ‘थिम’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

सागर केरुङको लेखन, दिनेश माङ्मुको मुख्य सहायक निर्देशन, डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं र अम्बरबहादुर तुम्बापोको साहायक निर्देशन रहेको यो चलचित्र ‘थिम’ जी मिडिया कनेक्शन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

लिम्बूहरुको मौलिक संस्कार संस्कृति र मुन्धुममाथि राज्यको दमन पछि उत्पन्न संघर्ष र द्वन्दको कथा समेटिएको चलचित्रमा लिम्बूहरु आदिम जाति भएको हुँदा यहाँको भूमिपुत्र हुँ भन्ने यथार्थलाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा पुर्वी नेपालको लिम्बुवानमा हजारौं बर्ष देखि बसोबास गर्दै आएको लिम्बू जातिहरुको मुन्धुमलाई दर्शनको रुपमा मान्ने लिम्बू जातिहरुको आफ्नै भाषा, लिपि, धर्म, कला, संस्कार, संस्कृति, पहिचान र मूल्य मान्यताहरुलाई संरुक्षण गर्न लिम्बू समुदायले गरेको संघर्षलाई प्रस्तुत गरिएको छ ।

याक्थुङ् फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण गरिएको चलचित्रमा यलम्बर खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबाको मुख्ल लगानी रहेको छ भने नन्दुभाइ मेन्याङबो, मानबहादुर साँवा र दिपक राजवंशी लगायतको पनि चलचित्रमा लगानी रहेको छ ।

पान्थर र ताप्लेजुङको विभिन्न रमणीय, ऐतिहासिक तथा पर्यटकिय स्थलहरुमा छायाँकन गरिएको चलचित्रमा सागर केरुङ, राजकुमार लिङ्देन, बबिता फोम्बो, कृष्णराज नेम्बाङ, सुक्मिता केरुङ, मानदेव जबेगु, निसाम तुम्बापो, यलम्बर खम्बू, रतन सिगु, नुनाम केरुङ, डिआर हाङ्सरुम्बा, आधार घिमिरे, भिमबहादुर तुम्बापो, कुमार ढकाल, चेतन घिमिरे, राजेन्द्रकुमार जबेगु, बर्षा खवास, सौभाग्य नेम्बाङ, दिनेश केरुङ, बुद्धराज लिम्बू, हिमा नेम्बाङ, माइकल तुम्बापो, सन्देश सुब्बा, बिबस तुम्रोक, डिबि खुदाङ, भीष्म खुदाङ, पबित्रा खुदाङ माबो, एलिसा खुदाङ, जयराम खुदाङ, सम्झना खुदाङ, शुक्र राई, राज कुमार इम्बुङ, मनि हाङ इम्बुङ, राम कुमार चाम्लिङ, मनाहाङ खेवाङ, लक्ष्मी माया बेघाखुदाङ, डिल्ली राम खुदाङ, धन बहादुर खुदाङ, बल ब खुदाङ, जित ब खुदाङ्ग लगायतले अभिनय गरेका छन ।

करिव ३० लाख लगानीमा निर्माण गरिएको चलचित्रमा बिक्रम डिसिको छायाँकन, बिक्रम याम्फुको ड्रोन, दिनेश माङ्मुको नृत्य निर्देशन, निङ्वा नेम्बाङको सहायक निर्देशन र बरदान संगीतालयको नृत्य रहेको छ । यसैगरि सागर केरुङको गीत, बुद्धराज लिम्बूको संगीत, मनि ताम्लिङ, इन्दु फोम्बो, सुनिता थेगिम र सुजन आङ्देम्बेको स्वर, सन्तोस रिजाल र प्रकाश मिलन खड्काको शृङ्गार, सुबास केरुङ नुनामको ब्यवस्थापन, मनि ताम्लिङको पृष्ट्भुमी ध्वनी/ध्वनी मिष्रण र अनिल कुमार महर्जनको सम्पादन÷रङ सयोजन र पोस्टर डिजाइन रहेको छ ।

चलचित्र हेर्नुहोस…

सम्बन्धित खवर