ला लिगा : रियल लेभान्टेसँग पराजित - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : रियल लेभान्टेसँग पराजित

एजेन्सी । साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा पराजित भएको छ ।

शनिबार राति भएको खेलमा लेभान्टेसँग १० खेलाडीमा समेटिएको रियल २–१ गोल अन्तरले पराजित भएको हो ।

खेलको नवौं मिनेटमा इडर मिलिटाओले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटियो । खेलको १३ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए ।

तर, खेलको ३२ औं मिनेटमा जोसे लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई १–१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७८ औं मिनेटमा रोजर्सले गोल गर्दै लेभान्टेलाई २–१ को जित दिलाए । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले हार व्यहोरेको हो ।

हारसंगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडविरुद्ध अंक दुरी कम गर्ने मौका गुमाएको छ । एट्लेटिकोको ४७ अंक रहेको छ । दोस्रो स्थानकोे रियलले २० खेलमा ४० अंक जोडेको छ

 

सम्बन्धित खवर