- आन्छुमे नसान
माङसेबुङ । पछिल्लो समय एक पछि अर्को गीत पस्किरहेकी गायिका दिपा सुहाङको सुमधुर आवाजमा रहेको ‘विश्वासको धरहरा’ भिडियो युट्युूवबाट सार्वजनिक गरिएको छ ।
किशोर दर्नालको शव्दभावहरुमा, राम सिटौलाको संगीतमा सजिएको गीत ‘विश्वासको धरहरा’ भिडियो गायीका दिपा सुहाङको अफिसियल युट्युूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
टिकाराम आचार्यको निर्देशन, छायाँकन तथा सम्पादनमा निर्माण भएको भिडियोमा गायीका दिपा सुहाङलेनै अभिनय गरेकी छन् ।
विश्व अधिकरीको संगीत संयोजन रहेको गीतलाई ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
भिडियो हेर्नुहोस