इलाममा किरात धर्म लेखौं अभियान समिति गठन - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा किरात धर्म लेखौं अभियान समिति गठन

माङसेबुङ । राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौ अभियान कार्यक्रमलाई सशक्त र प्रभावकारी रुपमा सञ्चालन गर्न इलाममा अभियान समिति गठन गरिएको छ ।

किरात धर्म लेखौं अभियानलाई देश व्यापी रुपमा सञ्चालन गर्न गठित किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिले विभिन्न जिल्लामा समन्वयन समिति गठन गर्ने शिलशिलामा इलाममा शुक्रबार किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला कार्य समिति इलामका अध्यक्ष राम येक्तेनको अध्यक्षतामा अभियान समिति गठन गरिएको हो ।

माङसेबुङ गाउँपालिका ५, स्थित किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको कार्यालयमा किरात धार्मिक संघ संस्था तथा सामाजिक संघ संगठनहरुका प्रतिनिधि र किरात धर्मावलम्बीहरुको भेलाले किरात धर्म लेखौं अभियान जिल्ला समन्वयन समिति इलाम गठन गरिएको महासमितिले जनाएको छ ।

यसरी गठित किरात धर्म लेखौं राष्ट्रिय अभियान जिल्ला समन्वयन समिति इलामको उपाध्यक्षमा धड्कन सङबाङफे, वि.वि.हाङ सावदेन, सचिवमा गोविन्द येक्तेन, सह सचिव कृष्ण येक्तेन, कोषाध्यक्षमा खापुङ मुना योङहाङ चयन हुनु भएका छन् ।

समितिको सदस्यहरुमा क्रमश : तिर्थ सावदेन, सीमा मुकारुङ, पुष्पा लिम्बू, सुमन आङदेम्बे, अम्बर लिङदेन, राजेन्द्रहाङ तुम्बापो, वेलबहादुर पत्रे, धनप्रसाद सावदेन, जीतेन सोङमी, सुवास खापुङ चयन भएका छन् ।

त्यसैगरी सदस्यमा जंग साँबा, पञ्च योङहाङ, याम इधिङगो, जगत लिङदेन, इमानसिं फियाक, सन्तोष राई, विरेन्द्र साँबा, मनकुमार लाओती, बुद्धिमान थेबे, चन्द्रबहादुर फागो, देवेन्द्रराज फागो, प्रशान्त सावदेन लगायत चयन हुन भएका छन् ।

राष्ट्रिय जनगणना २०७८ मा किरात धर्म सम्बन्धि देश व्यापी जनजागरण अभियान सञ्चालन गर्न, गराउन संगठन विस्तार गर्ने क्रममा इलाममा जिल्ला स्तरीय अभियान समिति गठन गरिएको अभियान महासमितिका उपाध्यक्ष होमबहादुर लिङदेनले बताए । उपाध्यक्ष लिङदेनका अनुसार किरात धर्म सम्बद्ध संघ सस्था एवंम किरातजन्य जातीय संघ संस्थाहरुसँग समन्वयन गरी अभियान कार्यक्रम सञ्चालन गर्न संगठन विस्तार गरिएको हो ।

सो कार्यक्रममा किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका उपाध्यक्ष होमबहादुर लिङदेन, हर्कवीर योङहाङ, कमला तुम्बापो मिभक, सचिवद्धय ज्ञानु केदेम, काजी लिङदेन, कोषाध्यक्ष प्रकाश सावदेन, सहकोषाध्यक्षहरु सुकमाया पोमु, विष्णुमाया फुरुम्बो, कूलबहादुर लाओती र सदस्यहरु रामबहादुर थुलुङ, दीपक तिगेला लगायत उपस्थित रहनु भएको थियो ।

किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा औचित्य उपाध्यक्ष होमबहादुर लिङदेनले राख्नु भएको थियो ।

सम्बन्धित खवर