एसईई परीक्षाको मिति तोकियो, जेठ १३ गतेदेखि शुरु - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसईई परीक्षाको मिति तोकियो, जेठ १३ गतेदेखि शुरु

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा एसईई परीक्षाको मिति तोकेको छ ।

मंगलबार बसेको बोर्डको बैठकले एसईई परीक्षा जेठ १३ देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसैगरि कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । आगामी एसईई र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ ।

सम्बन्धित खवर