एटिएमबाट अब ६० हजार मात्र - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एटिएमबाट अब ६० हजार मात्र

भदौ २०, २०७६ काठमाडौं / नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गरेसँगै नेपाली बैंककका एटिएमहरूबाट अब एक पटकमा २० हजार रुपैयाँ मात्रै र एक दिनमा ६० हजार भन्दा बढी निकाल्न पाइँदैन ।

शुक्रबार एटिएम प्रयोगकर्ताहरु अन्योलमा देखिए । चिनियाँ नागरिककले नक्कली कार्ड प्रयोग गरेर एटिएमबाट तीन करोड भन्दा बढी पैसा चोरी गरेपछि बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले आफ्नो निगरानी बढाएको छ ।

बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र नेतृत्वको समितिले अध्ययन समेत गरी विदेशी विज्ञ बोलाएर छानबिन समेत गरेको छ ।

नेपाल राष्ट्र बैंक, आईटी विषय विज्ञ तथा बैंकहरू सबैले निगरानी नगरिँदा चोरी भएको मनन गरेपनि राष्ट्र बैंकको आकलन भने अर्कै देखिएको छ ।

जोखिम न्यूनीकरण गर्न भन्दै एटिएमबाट राष्ट्र बैंकले कारोबारको सीमा घटाइएको जनाएको छ ।

‘हामीले एटिएम सुक्षासँगै बैंकको दीर्घकालीन सुरक्षाको पाटो पनि अवलम्वन गर्दैछौँ’, राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी निरौलाले भने, ’तत्कालका लागि एटिएमबाट निकालिने रकमको सीमा घटाइएको हो ।’

सम्बन्धित खवर