रानिगाउँमा जनता समाजवादी पार्टीमा प्रवेशको लहर बढ्दो - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रानिगाउँमा जनता समाजवादी पार्टीमा प्रवेशको लहर बढ्दो

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । पान्थरको कुम्मायक गाउँपालिका स्थित रानिगाउँको केन्द्र तिङ्देनमा जनता समाजवादी पार्टी नेपाल को पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

३ र ४ वडाको संयुक्त आयोजनामा जसपा केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त समारोहमा जसपा केन्द्रीय सदस्य मचिन्द्र बेघा, जसपा केन्द्रीय बिज्ञ परिषद सदस्य राजेन्द्र जबेगु साथै लिम्बुवान राष्ट्रिय समिति सदस्य तुम्याहाङ नेम्बाङ, जसपा जिल्ला कार्यकारिणी अध्यक्ष लक्षमण लावती, उपाध्यक्ष हेमकेलाङ जबेगु, सचिब कमलराज नेम्बाङ तथा जसपा जिल्ला कार्यकारिणी सदस्य मनकुमार आङ्देम्बे लयायतका बिशेश अथिति रहेका थिए ।

स्वः हर्कबहादुर सम्बाहाम्फे स्मृति मन्चमा भएको सो कार्यक्रममा मुलुकमा भइरहेको राजनीतिक खिचातानीले जनतालाई निराशा तुल्याएको धारणा व्यक्त गरिएको थियो ।

मन्तव्यको क्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिमले जनता समाजबादी पार्टी नेपालमा ६० जना भन्दा बढी नव प्रवेशिलाई हार्दिक धन्यवाद दिदै काङ्ग्रेस र कम्युनिस्ट पार्टीका घिनलाग्दो तमासा र प्रवृत्ति बिगतका पन्चेहरुको पनि यस्तो व्यवहार नभएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा पदबाट राजीनामा नदिएर मुलुकमा राजनीतिक वातावरण धमिलिएको माखिमको भनाई थियो ।

मन्तव्यकै क्रममा वहाँले गाउँगाउँबाट वस्तीवस्ती बाट मिलेर जनता समाजवादी पार्टीलाई बैकल्पिक शक्तिको रूपमा उभ्याउन स्थानीय स्तर बाट लागिपरेर पार्टीमा आबद्ध हुन पनि आग्रह गर्नुभएको थियो ।

उक्त कार्यक्रममा लिम्बुवान राष्ट्रिय समिति सचिवालय सदस्य जकेन्द्र लावती, जसपा कुम्मायक कार्य समितिको अध्यक्ष टिएन सम्बाहाम्फे किरात याक्थुङ चुम्लुङका केन्द्रिय सदस्य गणेश चेम्जोङ तथा सुरक्षाकमी, यासोक क्यापस प्रमुख कर्ण लावती लगायतले उपस्थित जनाएका थिए ।

कार्यक्रम सुमहात्लुङ एफएम १०४.२ मेगाहर्ज र पाचथर एफएम ९१ मेगहर्जमा समेत प्रत्यक्ष प्रशारण भएको सो पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रम वडा न, ४ का जसपा वडाकार्य समितिका अध्यक्ष भगिमान सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर