इलाम । इलाममा मंगलबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ५ सय ३२ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सोमबार भने ५६ जनामा संक्रमण देखिएको थियो । इलाम नगरपालिकामा २ जना र सूर्योदय नगरपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको हो ।