नेपालमा थप २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप २ हजार ८ सय २८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टाको अवधिमा थप ५२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ५८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर ८ हजार ६ सय ८७ आरटी पिसिआर र ४ हजार ३ सय ३५ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ९ सय २ जना र भेन्टिलेटरमा २ सय ८९ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बुधबार देशभरबाट ३ हजार ८२ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ५ लाख ४३ हजार ५ सय २१ पुगेको छ ।

सम्बन्धित खवर