देसभर थप ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देसभर थप ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८१ हजार १ सय ५ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैगरि कोरोनाका कारण थप ६ जनााको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म नेपालमा ११ हजार ८७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

यस्तै पछिल्लो २४ घन्टाको अवधिमा १ हजार ३ सय ७१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ५९ हजार ८ सय ७५ संक्रमित निको भएर घर फर्किएका छन् ।

देशभर गरिएको ७ हजार ५० पिसिआर परिक्षणका क्रममा ७ सय ९० जना र ३ हजार ५ सय २९ एन्टीजेन परिक्षणका क्रममा १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा १९ हजार ७ सय सक्रिय संक्रमित आइसोलेन र २ सय ३७ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खवर