सागरको पटकथा, हाङको निर्दैशनमा चलचित्र ‘सुनौली रुपौली’ निर्माण हुदैं - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सागरको पटकथा, हाङको निर्दैशनमा चलचित्र ‘सुनौली रुपौली’ निर्माण हुदैं

काठमाडौ । लिम्बू भाषा, कला, संस्कार संस्कृतिमा आधारित लिम्बु कथानक चलचित्र ‘सुनौली रुपौली’ निर्माण हुने भएको छ ।

मंगलबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पत्र लिए संगै उक्त चलचित्र निर्माण निर्माण हुने पक्का भएको हो ।

याक्थुङ फिल्म्स प्रालिले निर्माण गर्न लागेको चलचित्रको पटकथा सागर केरुङ्ले लेखेका हुन भने हाङ चेम्जोङ्ले निर्देशन गर्ने भएका छन् ।

चलचित्रमा हाङ चेम्जोङ, भिम तुम्बाहाम्फे र पुर्णबहादुर सेलिङ निर्माता रहेका छन । छोरीचेलिको हक, अधिकार, संरक्षण र सम्बर्द्धनको लागि हारेक माइतिले लिइने रीत सुनौली रुपौलीको बिषयमा बन्न लागेको चलचित्रको छायाँकन आगामी फागुन १५ देखि गरिने भएको छ ।

भीम प्रसाद तुम्बाफाम्फे, सुक्मिता केरुङ, पुर्णबहादुर सेलिङ, सागर केरुङको अभिनय रहने र केही कलाकारहरु छनौट गर्न बाँकी रहेको निर्देशक चेम्जोङले बताए ।

सम्बन्धित खवर