अध्यक्ष इधिङगोको प्रयासमा माङसेबुङका युबाहरु कृषी कामदारको रुपमा कोरिया जान पाउने - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अध्यक्ष इधिङगोको प्रयासमा माङसेबुङका युबाहरु कृषी कामदारको रुपमा कोरिया जान पाउने

काठमाडौं । इलामको माङसेबुङ गाउँपालिकाका र दक्षिण कोरियाको एन्जे काउन्टी नगरपालिकाबिच द्विपक्षिय सहयोग आदान–प्रदान गर्दै भागिनी सम्बन्ध कायम गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । काठ्माडौको होटल एमबास्डर लैनचौरमा भएको एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगो र दक्षिण कोरियाको एन्जे काउन्टी नगरपालिकाका मेयरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार गाउपालिकाका बेरोजगार युबाहरु अब दक्षिण कोरियाको एन्जे काउन्टी नगरपालिकामा कृषी कामदारको रुपमा जान पाउने छन् ।त्यस्तै सम्भाबना हेरेर गाउपालिकाको पर्यटन र पुर्बाधार क्षेत्रमा लगानी सम्भाबना पनि बढेको गाउपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगोले जानकारी दिए ।

उनले भने, “गाउपालिकाका बेरोजगार युबाहरुलाई कृषी कामदारको रुपमा कोरिया जाने बाटो खुलेको छ,पर्यटन र पुर्बाधारमा सम्भाबना हेरेर लगानी गर्ने पनि सम्झौता भएको छ ।”स्थानिय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउपालिका र एन्जे काउन्टी नगरपालिकाबिच सहयोग आदान–प्रदानको सिधा सम्झौता भएको पनि उनले बताए ।

सम्बन्धित खवर