बस दुर्घटनामा पाँच को मृत्यु ४० भन्दा बढी घाईते - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बस दुर्घटनामा पाँच को मृत्यु ४० भन्दा बढी घाईते


२०७६ असोज २४, काठमाडौं । सिन्धुपाल्चोकमा बस दुर्घटमा पाँच जनाको मृत्यु र ४० भन्दा बढी घाइते भएका छन् ।

सिन्धुपाल्चोक सुपाघाटबाट ५० यात्रु सवार बा २ ख २७१५ नम्बरको बस दशैं मनाएर काठमाडौं फर्कंदै गर्दा इन्द्रवाती गाउँपालिका १०, बडहरेको झिल्के मोडमा आज विहान ९ः५५ बजे दुर्घटना भएको हो । दुर्घटनामा चार पुरुष र एक महिलाको ज्यान गएपनि कसैको सनाखत हुन नसकेको सिन्धुपाल्चोकमा कार्यरत नेपाल प्रहरीका डीएसपी माधव काफ्लेले जानकारी दिए ।

घाइतेलाई उद्धार गरेर विभिन्न अस्पतालमा पु¥याउने काम भइरहेको र अधिकांश ‘घाइते सबैलाई प्रहरी, स्थानीयलगायतको सहयोगमा उद्धार गरी विभिन्न अस्पतालमा लैजाने काम भइरहेको छ ।

दुर्घटनाग्रस्त बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको छ । डीएसपी काफ्लेका अनुसार बस दुर्घटनाको कारण खुलेको छैन । उनले यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए ।

सम्बन्धित खवर