नवनिर्वाचित संघीय समितिलाई फोनिज प्रदेश १ द्वारा बधाई ज्ञापन - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नवनिर्वाचित संघीय समितिलाई फोनिज प्रदेश १ द्वारा बधाई ज्ञापन

धरान । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) संघीय नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई १ नम्बर प्रदेश समितिले बधाई ज्ञापन कार्यक्रम गरेको छ ।

गजुरधन राईको अध्यक्षतामा निर्वाचित संघीय समितिका पदाधिकारी तथा सदस्यहरुलाई १ नम्बर प्रदेश समितिको तेस्रो पूर्ण बैठक मंगलबार धरानमा सम्पन्न गर्दै बधाई ज्ञापन गरेको हो ।

उक्त बधाई कार्यक्रममा १ नम्बर प्रदेशबाट निर्वाचित अध्यक्ष राई सहित उपाध्यक्ष कमन देवान, सचिव यमन दनुवार, प्रदेश इन्चार्ज भक्तशेर लिम्बू, सदस्य बिदुर खवास, सुजता निङलेकु लिम्बू, लोकेश लिबाङ, लेखा समिति संयोजक चन्द्र पन्धाक, सदस्य भकेन्द्र लावती लगायतको उपस्थिति रहेको थियो ।

यसैगरि फोनिज सुनसरीको समन्वयमा सुनसरीकी एकजना महिला पत्रकारलाई नगदसहित सम्मानित गरिएको फोनिज १ नम्बर प्रदेश समिति अध्यक्ष सन्तवीर लामाले बताए ।

कार्यक्रममा विष्णुमाया/लालबहादुर राई स्मृति पुरस्कारबाट नेपाल टेलिभिजन इटहरीमा कार्यक्रम सञ्चालन गर्दै आएकी मेनुका डुम्जन तामाङलाई नगद ५ हजार १ सय ५ रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरिएको अध्यक्ष लामाले बताए ।

उक्त पुरस्कार धरान–११ की समाजसेवी शिव बान्तवाले आमाबुबाको नाममा स्थापना गरेकी हुन् ।

सम्बन्धित खवर