- आन्छुमे नसान
माङसेबुङ । सञ्चारकर्मी तथा मोडल सिर्जना निङलेकु लिम्बूद्वारा अभिनित पुर्वेली लोक भाकामा सजिएको गीत ‘मिम्हाङमा’ सार्वजनिक गरिएको छ ।
गीतकार संजिब पारदर्शी राई राईको शव्द तथा संगीतकार डी आर अटुको संगीतमा लोकप्रिय गायीका सुनिता थेगिम लिम्बूको आवाजमा सजिएको पुर्वेली गीत ‘मिम्हाङमा’को भिडियो मोडल सिर्जना निङलेकुको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
लिम्बुनि सोल्टिनी र राई सोल्टी बिचको माया प्रेम पश्चात् बिबाह सम्बन्धलाई मौलिक, साँस्कृतिक पारामा प्रस्तुत गर्ने प्रयास गरिएको भिडियोमा सिर्जनालाई अभिनयमा पर्सुराम राईले राई सोल्टीको रुपमा साथ दिएका छन् ।
सिर्जना निङ्लेकु कै कथा तथा परिकल्पनामा निर्देशक शुल्तान इधिङगोको निर्देशन रहेको भिडियोमा सुबृना लिम्बू, सभिना लिम्बू, रन्जु लिम्बू, रेकिना लिम्बू, कामना राई र सन्जिब पारदर्शी राई समेत अभिनय गरेका छन् ।
रन्जु लिम्बूको कोरियोग्राफीमा मितेश गुरुङको सहायक छायाँकन, सबिना लिम्बूको सृङगार, सिर्जना ढाकाको भेषभूषा र शुल्तान फिल्म्स प्रडक्सनको सम्पादन रहेको भिडियोमा अतिथि कलाकारको रुपमा राम लिम्बूले समेत अभिनय गरेका छन् ।
राजु कार्कीको संगीत संयोजनमा स्टुडियो लिम्दुमी कृएशनमा रेकर्ड गरिएको गीतको भिडियो बेलायतमा छायाँकन गरि सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…