सबिनाको शव्द, एकान्तको संगीतमा अशोकको ‘सधैं साथ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सबिनाको शव्द, एकान्तको संगीतमा अशोकको ‘सधैं साथ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माघ १६, माङसेबुङ । गीतकार सबिना राईको शव्द, गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा गायक अशोक मुकारुङको सुमधुर आवाजमा बिल्कुलै नयाँ गीत ‘सधैं साथ’ को भिडियो सार्वजनिक गरिएको छ ।

जीवन वायुङ राईको निर्देशनमा सधैं साथ दिन्छु भनेर माया गरेको मायालु अर्कैको मायामा परेपछि पिडामा परेको प्रेमिकोे कथा प्रस्तुत गरिएको रामचन्द्र पनेरु, मनिसा ओझा र पुर्ण लिम्बूद्वारा अभिनित गीत ‘सधैं साथ’ को भिडियो सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा सेञ्जी लामाको मेकअप तथा बिनोद याक्खाको छायांकन रहेको छ ।

चित्र मिडयाको पोष्ट प्रडक्शन रहेको भिडियो चित्र मिडिया अपिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर