- आन्छुमे नसान
साउन २, काठमाडौं । गायक हिमाल लिम्बू ‘मिराक’ र गायिका सम्झना योङहाङको सुमधुर आवाजमा लोक भाकामा सजिएको गीत ‘सोल्टीनी’ सार्वजनिक गरिएको छ ।
हिमाल लिम्बू ‘मिराक’को शब्द तथा शाहिल लिम्बूको संगीतमा लोक गीत’सोल्टीनी’ सार्वजनिक गरिएको हो ।
चन्द्र लिम्बू Pbo को निर्देशनमा हिमाल लिम्बू ‘मिराक’, अप्सरा लिम्बू, साबित्रा मेन्याङबो, कुमारी मादेन लिङदेन, दिलमाया पालुङवा, इन्द्रकुमारी ओख्राबो फोम्बो, बालकुमारी लक्सम माबो, छत्रमाया वनेम, फुलमाया मादेन लाबुङ, गंगा कन्दङवा काम्बाङ, बुद्धराज फोम्बो, एलबी नेयङ, सुमन लिम्बू, बिक्रम लाबुङ र दिल बहादुर बोखिमले अभिनय गरेका छन् ।
अजय धिमालको संगीत संयोजनमा माहोल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ सागर संसार राईले गरेका हुन् ।
चन्द्र लिम्बू Pbo कै छायांकन, ड्रोन र सम्पादनमा पदम तामाङको मेकअप तथा बिक्रम लिम्बूको केयर टेकर रहेको भिडियो हिमाल लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…