- आन्छुमे नसान
साउन १७, काठमाडौं । गायिका थोकफेला लिङदेन र गायक शम्भु फोम्बो आवाजमा पालाम ‘काबेली खोला’ सार्वजनिक गरिएको छ ।
एस.पी. निङलेकुको शब्द संकलन तथा बिरु थेगिमको लय संकलनमा सृजना जबेगु र विवस नेम्बाङको समेत आवाज रहेको पालाम ‘काबेली खोला’ सार्वजनिक गरिएको हो ।
माङसेबुङमा छायांकन गरिएको पालाममा थोकफेला लिङदेन, इङ्सो साम्बा, रञ्जिता बोखिम राई, शान्ता बलम्पाकी, टिना खालिङ, सन्तोष सुहाङ, सुकमान कुलुङ राई, चन्द्र लिङदेन, कल्पना चाम्लिङ राई, रनविर लिङखिम, देशहाङ खवाहाङ र आर्जु ताप्मादेन लिम्बूले अभिनय गरेका छन् ।
मनोज साङसोन राईको संगीत संयोजनमा किङ्ग स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको पालामलाई राजु कार्कीले मिक्सिङ गरेका हुन् ।
कृष्ण थलङको छायांकन तथा सम्पादनमा नाम्बिनहाङ लिङदेनको ड्रोन र सुनिता किरातीको मेकअप रहेको पालाम भिडियो थोकफेला लिङदेन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
पालाम हेर्नुहोस्…