- आन्छुमे नसान
कातिक ३, माङसेबुङ । रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमद्वारा निर्देशित गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’को सुमधुर आवाजमा सजिएको ‘हाक्पारे मेखिम् माङवा–हाङवा’ सार्वजनिक गरिएको छ ।
गितकार सुवर्ण नेम्बाङ ‘यम्बे’को शव्द संकलन तथा यादन सेर्माकै लय संकलन रहेको ‘हाक्पारे मेखिम् माङवा–हाङवा’को भिडियो गायक यादन सेर्मा अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
खासगरि लोपन्मुख हुदैं गइरहेको किरात लिम्बू संस्कार संस्कृतिमा आधारित मेखिममा गाइने र मेखिम्मा बेहुला बेहुलीलाई आशीर्वाद माङवा हाङवा प्रदान गर्न गाइने हाक्पारेलाई प्रस्तुत गरिएको भिडियोमा बिबस माङमु बेनाम, रविना साँवा, तुत्तु मनकुमार केरुङ, मधु केरुङ केवाफुङ, संगीत लावती, दिप केरुङ, सृष्टि खापुङ लोजीफुङ, सुबास केरङ नुनाम, गंगा फियाक, सुनिल सेर्मा र निसाम तुम्बापोको अभिनय रहेको छ ।
मेखिमको दृश्यलाई समाबेस गरिएको भिडियोमा छायांकन, ड्रोन तथा सम्पादन मेघराज मगरातीको रहेको छ भने सहायक छायांकन प्रविन सेलिङ सेन्दो र मेकअप यामनिङवा योङहाको रहेको छ ।
मनी ताम्लिङको संगीत संयोजनमा ओपेरा स्टुडियोमा रेकर्ड गरिएको गितको भिडियोमा प्रडक्शन मेनेजर सुजन आङबुहाङ रहेका छन् । पान्थरको चेक्मागु, फेदेन, लब्रेकुटी र जौबारी आसपासमा छायांकन गरिएको भिडियोमा मुन क्रिएशन प्रा.लि.को प्रस्तुति रहेको छ ।
दिनेश माङमुको सहायक निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोलाई यादन सेर्मा नुनामले निर्माण गरेका हुन् । भिडियोमा वल्र्ड वाईड इन्टरटेन्मेन्ट क्रिएशनको पोष्ट प्रडक्शन रहेको छ ।
भिडियो हेर्नुहोस…