कातिक ११, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
शनिबार रोहित कुमार पौडेलको कप्तानीमा क्यानले छनोटका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
क्यानले घोषणा गरेको टोलीमा लेग स्पिनर सन्दीप लामिछाने पनि रहेका छन् । घरेलु मैदानमा भएको त्रिकोणात्मक क्रिकेट सिरिजमा भने सन्दीप टोलीमा थिएनन् ।
टियु र मुलपानी क्रिकेट मैदानमा हुने छनोट यहिँ कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ ।
नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।
यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।
नेपाली टोली :