कातिक ११, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान अन्जिला तुम्बापोले फेरि इन्डियन वुमन्स लिग क्लव सेथु एफसीबाट सम्झौता नविकरण गरेकी छन् ।
कप्तान एन्जिलाले भारतीय क्लबसेथु एफसीसँग नयाँ सिजनका लागि सम्झौता नविकरण गरेसँगै इन्डियन वुमन्स लिग फेरि सेथु एफसीबाट खेल्ने भएकी छन् ।
अन्जिलाले शनिबार क्लबसँग नयाँ सम्झौता भएको बताएकी छन् । उनले अघिल्लो सिजन सेथुबाट लिग खेलेकी थिइन् ।