चैत १७, काठमाडौं । घरेलु टोली नेपाल ‘ए’ विरुद्धको टी २० सिरिज आयरल्यन्ड ‘ए’ ले एक खेल अगावै कव्जा गरेको छ ।
शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपाल ‘ए’लाई ४० रनले हराउँदै आयरल्यान्ड ‘ए’ ले सिरिज २–० ले कव्जा गरेको हो । यसअघि पहिलो खेलमा आयरल्यान्ड ‘ए’ २१ रनाई पराजित गरेको थियो ।
आयरल्यान्ड ‘ए’ ले प्रस्तुत गरेको २ सय २५ रनको बिजयी लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमा अलआउट हुदैं १ सय ८४ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि देव खनालले २५ बलमा सात चौकाको मद्दतले सर्वाधिक ४७ रनको योगदान गरे । यसैगरी बसिर अहमदले २७ रन, कप्तान विनोद भण्डारीले २६ रन, लोकश बमले २५ रन, कमलसिंह ऐरीले ११ रन र पवन सराफले १० रन बनाए ।
आयल्यान्ड ‘ए’ को जितमा बेन ह्वाइटले तीन, फिओन ह्यान र थोमस मायसले समान दुई तथा म्याथ्यु फोस्टर र गारेथ डोलानीले समान एक विकेट लिए ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २४ रन बनाएको थियो ।
आयरल्यान्डका लागि कप्तान निल रकले अविजित ७१ रनको योगदान गरे । यसैगरी पिटर मोरले ६५ रन, जेम्स म्याकोलुमले २६ रन, फिओन ह्यान्डले अविजित १९ रन, रोस अदैरले १७ रन र गेराथ डेलानीले १० रन बनाए ।
नेपालका लागि सागर ढकालले तीन तथा कमलसिंह ऐरी र पवन सराफले समान एक विकेट लिए ।
शृंखलाको तेस्रो तथा अन्तिम खेल भने सोमबार हुनेछ ।