साउदी राज परिवारका १ सय ५० जनामा कोरोना संक्रमण - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साउदी राज परिवारका १ सय ५० जनामा कोरोना संक्रमण


एजेन्सी साउदी अरबको शाही राज परिवारका १ सय ५० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएको छ ।

टाइम म्यागजिनले जनाएअनुसार किंग सलमान र युवराज मोहम्मद बिन सलमान लाल सागर किनारमा भने आइसोलेसनमै भर्ती भएको जनाएको छ ।

साउदीका राजपरिवारको उपचार हुने किङ फैजल स्पेसलिस्ट हस्पिटलका डाक्टरहरु राजपरिवारको उपचारमा लागिपरेका छन् । अस्पतालमा पाँच सय अतिरिक्त बेड तयार पारिएको जनाइएको छ। तयार पारिएका ती बेड साउदीमा रहेका सबै उच्च पदस्थ व्यक्तिहरुको उपचारमा प्रयोग गरिने जनाइएको छ ।

अस्पताल प्रशासनले डाक्टरहरुलाई हाई अलर्टमा बस्न निर्देशन दिएको छ । अस्पतालले राजपरिवारका अन्य सदस्यमा पनि कोरोना संक्रमण भएको हुन सक्ने भन्दै मान्छेको यकिन संख्या आफूलाई थाहा नभएको र यस्तो अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा रहेका अन्य बाँकी साधारण बिरामीलाई डिस्चार्ज गर्ने बताएको छ ।

साउदी अरबमा कोरोनाका कारण अहिलेसम्म ४४ जनाको मृत्यु भैसकेको छ भने ३ हजार २ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै २ हजार ५ सय ७७ जनाको उपचार चलिरहेको छ भने ४१ जनाको अवस्था गम्भीर रहेको छ ।

सम्बन्धित खवर