कोरोना संक्रमित ७६ जना थपिए - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित ७६ जना थपिए


काठमाडौ / कोरोना भाइरस (कोभिड १९) को नयाँ संक्रमित प्रदेश २ मा थप ७६ जनामा पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ७६ जनाको रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।

जस मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा ७४ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा २ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश २ को सामाजिक विकास निर्देशनालयले जनाएको छ ।

सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

सम्बन्धित खवर