राष्ट्रपतिद्वारा नेपालको संविधान संशोधन प्रमाणीकरण - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रपतिद्वारा नेपालको संविधान संशोधन प्रमाणीकरण

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान दोस्रो संसोधन विधेयक २०७७ प्रमाणीकरण गरेकी छन ।

बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भएको नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधान दोस्रो संसोधन विधेयक २०७७ संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ती जारी गरी जानकारी दिएका छन ।

नेपाल सरकारले आफ्नो अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेको राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै यस अघिको नेपालको निशान छाप परिवर्तन भएर नयाँ लागू भएको छ ।

यो संगै सरकारले जारी गरेको नयाँ नेपालको नक्साले संवैधानिक मान्यता पाएको छ ।

सम्बन्धित खवर