माई । इलामको माई नगरपालिकामा पहिलो पटक १ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङको क्रममा इलामको माई नगरपालिकामा पहिलो पटक १ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतको गुजरातबाट आएका माई नगरपालिका ३, बरपानीका २५ बर्षिय युवामा कोरोना पुष्टी भएको जानकारी दिए ।
संक्रमित व्यक्ति गत असार ४ गते भारतको गुजरातबाट आएको र असार ९ गते पिसिआर परिक्षण गरिएको थियो ।
पिसिआर परिक्षणबाट रिर्पोट पोजेटिभ आएसंगै कोराना पुष्टि भएपछि उनलाई थप उपचारको लागि आइतबार नै गोठगाँउ कोरोना अस्पताल लगिएको छ ।