पान्थर । पान्थरको फिदिम नगरपालिकास्थित धार्मिक पर्यटकियस्थल फाल्गुनन्द पावन कर्मभुमि लब्रेकुटिमा बृक्षरोपण गरिएको छ ।
शनिबार र आइतबार गरि दूई दिनसम्म सत्य अहिङ्साका प्रतिमुर्ति महागुरु फाल्गुनन्दज्यु ले पन्च कन्याहरुको हातले एक सय आठ बृक्षरोपणको सुरुवात गर्नु भएको धार्मिक पर्यटकियस्थल फाल्गुनन्द पावन कर्मभुमि लब्रेकुटिमा बृक्षरोपण गरिएको हो ।
किरात धर्म साहित्य उत्थान संघ पान्थर, चोकमागु युथ क्लब फेदेन ६, पान्थर, १७ थुम गोश्वारि युमा माङहिम लब्रेकुटि पान्थर, न्यु पाथिभरा स्पोटिङ क्लाब फेदेन ६, पान्थर, जल्पादिप युवा समूह फेदेन ६, पान्थर, किरात साङसेन वरक चोत्लुङ माङहिम लब्रेकुटि पान्थर परिवारको संयुक्त आयोजनामा बृक्षरोपण सम्पन्न भएको थियो ।
बृक्षरोपणमा लोक्ता, गोब्रेसल्ला, लोडसल्ला, चाँप लगायतका हजारौं बोटबिरुवाहरु रोपण गरिएको किरात धर्म तथा साहित्य उत्थान संघ पान्थरका अध्यक्ष ध्रुब तुम्बापोले बताए ।
अध्यक्ष तुम्बापोले किरात साङसेन वरक चोत्लुङ माङहिम र युमा माङहिमको जग्गा ३ सय ४७ रोपनी मध्ये २ सय ५० रोपनीमा नेपाली कागजको कच्चा पदार्थ लोक्ता रोपण गरिएको बताए ।