गुरु निजी प्रवक्ता राईको धर्मपत्नी कविताको निधन - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गुरु निजी प्रवक्ता राईको धर्मपत्नी कविताको निधन

माङसेबुङ । किरात धर्मगुरु निजी प्रवक्ता डिल्लीराम चाम्लिङ राईको धर्मपत्नी ताप्मादेन कविता चाम्लिङ राईको निधन भएको छ ।

मंगलबार बिहान बिराटनगरस्थित नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा ३३ वर्षको कलिलो उमेरमै गुरु निजी प्रवक्ता डिल्लीराम चाम्लिङको धर्मपत्नी ताप्मादेन कविता चाम्लिङ राईको निधन भएको हो ।

फोक्सो, मिर्गौला र आन्द्रमा समस्या आएपछि कवितालाई नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको र उपचारको क्रममा उनको अल्पायुमै मृत्यू भएको पारिवारिक स्रोतको भनाई छ ।

गुरु निजी प्रवक्ता डिल्लीराम चाम्लिङसंग बैवाहिक वन्धनमा बाँधिनुभएपछि एक सात बर्षिय छोरा र श्रीमानसंगै माङसेबुङमा बसोबास गर्दै आउनुभएकी ताप्मादेन किरात धर्म सम्वद्ध युवाहरुको गौरवशाली छाता संगठन किरात साम्यो नालीफूङवा माङसेबुङ पान्जुम्भोका पूर्व अध्यक्ष समेत हुन् ।

किरात धार्मिक कर्मकाण्डअनुसार मृतक कविताको बुधबार माङसेबुङस्थित किरात धार्मिक बनमा अन्त्यष्टि कार्य गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यसैगरि अन्त्यष्टि कार्यमा मलामीमा सरिक भईदिनहुन सम्पुर्ण शुभचिन्तक, आफन्तजन, नातागोता र कुलकुटम्बहरुमा समेत अपिल गरिएको छ ।

सम्बन्धित खवर