दिब्यबिक्रम नेम्बाङ स्मृति पुरस्कारद्धारा कृष्ण बराल सम्मानित हुने - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिब्यबिक्रम नेम्बाङ स्मृति पुरस्कारद्धारा कृष्ण बराल सम्मानित हुने


जीतेन पन्धाक ‘साङसेन वारक’


दमक । तत्कालीन राजनितीमा क्रान्तीकारी योद्धा भनेर चिनीएका स्व.दिब्यबिक्रम नेम्बाङको स्मृतीमा स्थापना गरिएको दिब्यबिक्रम नेम्बाङ स्मृति पुरस्कारद्धारा कृष्ण बराल सम्मानित हुन भएका छन् ।

नेपाली साहित्यमा लीला लेखनका अभियन्ता मध्येका एक रहेका साहित्यकार कृष्ण बराललाई दिब्यबिक्रम नेम्बाङ स्मृति पुरस्कार २०७७ ले सम्मान गर्ने भएको हो ।

नेम्बाङको स्मृतिमा वर्षेनी भाद्र १७ गते प्रदान गर्ने यस पुरस्कार अर्जुनधारा शनिश्चरे निवासी बराललाई प्रदान गर्न लागिएको दिब्यबिक्रम नेम्बाङको स्मृति प्रतिष्ठानल अध्यक्ष नन्दहाङ नेम्बाङले बताए । नेम्बाङको परिवार सदस्यहरुबाट स्थापित यस पुरस्कारको राशी तीस हजार रहेको छ । गत बर्ष कवि प्रकाश थाम्सुहाङले प्राप्त गरेको थियो ।

एक क्रान्तिकाककरि ब्यक्तित्व, लोकतान्त्रिक आन्दोलनमा समर्पित ब्यक्तिको नाउँमा स्थापित यो पुरस्का पाउँदा आफुलाई गर्व लागेको छ । मेरो साहित्यिक योगदानको मुल्यांकनले खुसी लागेको साहित्यकार बरालले बताए ।

साहित्यकार बराल लीला लेखन आन्दोलनमा सक्रिय छन् । साहित्यमा सालिन ब्यक्तित्व, अब्बल सर्जक, अध्ययनशिल मानिने बरालका तीन पिंडी एउटा सिंडी, समय हराएको बेला निबन्ध संग्रह, कथा संग्रह च्यातिएका कथा, लीला, वार्ता र शरणार्थी समालोचना, अवतरण, अरामायण उपन्यास लगायतका पुस्तकका प्रकाशित छन् ।

उनले महानन्द पुरस्कार, पद्मश्री पुरस्कारहरु सम्मानित भइसकेका छन् । इलाम जितपुरमा जन्म भइ हाल झापा शनिश्चरे निवासी कृष्ण बराल जन्म २०१७ आषाढमा भएको हो । हाल उनी विभिन्न संघ संस्थामा कार्यरत छन् ।

बुवा नरबीर नेम्बाङ र आमा पद्मदेवि नेम्बाङको काखबाट स्व. नेम्बाङको जन्म वि.स.१९९७ सालमा फाल्गुनन्द गापा वडा नं ३ (साबिक पौवासारताप वडा नं १ स्थित) पौवा गाउँमा भएको थियो । उनले गाउको मनरत्न मिडिल स्कुलबाट औचारिक अध्ययन शुरु गरि दार्जिलिङबाट म्याट्रिक पास गरेका थिए ।

तत्कालिन राजा महेन्द्रले बहुदलिय ब्यवस्थाकोको विरोध गर्दा अपहरण गरेपछि २०१७ सालको क्रान्तिमा संलग्न उनी एक क्रान्तिकारी योद्धा थिए । नेपाली कंग्रेस पार्टीमा सम्बद्ध भएका कारण देश निकालामा परेका उनले प्रवासमा भुमिगत जीवन बिताए । हालको श्री सार्ताप उच्च मावि सार्तापको प्रधानाध्यापक भइ लामो समयसम्म शिक्षण पेशामा संलग्न भएका उनी अध्ययनमा ठुलो रुचि थियो ।

उहाँको तत्कालिन दार्जिलिङबाट प्रकाशित हुने दिपक लगायत विभिन्न पत्र पत्रिकामा कथा, निबन्धहरु प्रकाशित छन । स्व. नेम्बाङका एक धर्मपत्नी, दुई छोरा र तीन छोरी र नातानातिनाहरु छन् ।

सम्बन्धित खवर