लेबनानमा शक्तिशाली बम बिष्फोट, ७० जनाको मृत्यु - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लेबनानमा शक्तिशाली बम बिष्फोट, ७० जनाको मृत्यु

.


एजेन्सी । लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ राखिएको गोदाममा ठूलो विष्फोट हुदा कम्तिमा ७० जनाको मृत्यु भएको छ ।

उक्त बिष्फोटमा परि करिब चार हजार भन्दा बढी घाइते भएको त्यहाँका समाचार एजेन्सीहरुले जनाएको छ ।

यो घटनापछि घटनालाई भयावह भन्दै लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । उनले यस घटनाको दोषी जो भए पनि उन्मुक्ति नपाउने बताएका छन् ।

बिष्फोट भएको गोदाममा २ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट भण्डारण गरिएको जनाएको छ । सन् २०१४ देखि विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएकाले यो घटना भएको बताइएको छ ।

एजेन्सी एएफपीसँग एक प्रत्यक्षदर्शीले बताएअनुसार गोदाम घर वरपरका भौतिक संरचनाहरु पनि ध्वस्त भएका छन् । विष्फोट यति भयानक थियो कि त्यसको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो ।

विष्फोट कसरी भयो भन्ने जाँच भइरहेको अधिकारीहरुले बताएका छन् ।

सम्बन्धित खवर