काठमाडौं । कोरोना भाइरसको संक्रमित बुधबार ३ सय ८१ जना थपिएका छन् ।
स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको परिक्षमा बुधबार ३ सय ८१ जना थपिए संगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ३० जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १५ हजार १ सय ५६ जना उपचारपछि निको भइसकेका छन् ।
अहिलेसम्म कोरोना संक्रमणबाट ६० जनाको ज्यान गएको छ ।