मोरङ । मोरङमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका– ९ का ४५ वर्षका पुरुष र रंगेली नगरपालिकाका पुरुष रहेका छन ।
विराटनगरका पुरुषलाई मंगलबार राति कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा भर्ना गरि उपचारको क्रममा बुधबार दिउँसो १ बजे मृत्यु भएको थियो ।
त्यस्तै उपाचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा पनि बुधबार दिउँसो कोरोना रिपोर्ट आउदा संक्रमण पुष्टि भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले बताए ।