अर्थमन्त्री डा. खतिवडाद्धारा राजीनामा - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अर्थमन्त्री डा. खतिवडाद्धारा राजीनामा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

आज (शुक्रबार) अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

भोलिदेखि अर्थमन्त्री खतिवडाको पदावधि सकिदै गर्दा आज पदबाट राजीनामा दिएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।

राष्ट्रियसभामा नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई मनोनित गर्ने भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

सम्बन्धित खवर