दमक । बिहीबार बिहान रतुवा खोलामा एक बृद्धको शव फेला परेको छ ।
इलामको चुलाचुली ५ चपेटी स्थित बुकुवा सिंचाई नहरको मुहान देखि अन्दाजी ५० मिटर तल रचुवा खोलामा एक वृद्धको मृत अवस्थामा शव फेला परेको हो ।
खोलाको ढुंगामा शव अड्किरहेको अवस्थामा स्थानियले विहानै देखे पछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि उक्त स्थानमा प्रहरी चौकी पेल्टीमारीबाट प्रहरी टोली पठाईएको प्रहरी चौकी पेल्टीमारीका ईन्चार्ज जिवनकुमार कार्कीले जानकारी दिए ।
मृत अवस्थामा भेटिएका बृद्धको सनाखत हुन बाँकी हरेको छ ।