झापा । झापामा थप ३ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै झापामा कोरोना संक्रमितको संख्या ७९० पुगेको छ ।
आइतबार स्वास्थ्य कार्यलय झापाका फोकल पर्सन जिवन चम्लागाईका अनुसार ३ जना पुरूषमा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरू भद्रपुर नगरपालिका वडा न. ५, का १ जना स्थानीयबासी पुरूष रहेका छन् । यसैगरी अर्जुनधारा नगरपालिका वडा न. १, का २ जना मलेसियाबाट आएका पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ ।